चित्रकलामार्फत काठमाडौंमा झल्कियो खोटाङ (तस्बिरहरू)

काठमाडौं । काठमाडौमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी जारी छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको चित्रकला प्रदर्शनी बबरमहलको नेपाल आर्ट काउन्सिल प्रदर्शनीमा भइरहेको छ ।

विभिन्न ५० देशका चित्रकारले बनाएका एक सय ७० भन्दा बढी चित्रहरू प्रदर्शनीमा राखिएका छन् ।

दिक्तेलको धार्मिक तथा ऐतिहासिकस्थल मझुवागढी, भवनगैरा, हाटडाँडा, शङ्खधर शाख्वाचोक, शुभम् फाउण्डेसन र जालपा पुगेर ख्यातिप्राप्त चित्रकारले प्रत्यक्षरुपमा उतारेका क्यानभास चित्रलाई प्रदर्शनीमा राखिएको छ ।

दिक्तेलमा गत असोज–१७ गतेदेखि २१ गतेसम्मा आयोजना गरिएको ‘चित्रकला कार्यशाला तथा प्रदर्शनी’मा सहभागी नेपालसहित अष्ट्रेलिया, बङ्गलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका चित्रकारसहित विभिन्न ५० देशका ख्यातिप्राप्त चित्रकारले क्यानभासमा उतारेका दुई सय १० वटा चित्रलाई सङ्कलन गरेर प्रदर्शनीमा राखिएको आयोजकले जनाएको छ ।

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेको प्रदर्शनी फागुन १७ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *