चानुवा स्वास्थ्य शिविरमा ४ सय ५३ ले लिए सेवा

धनकुटा । महालक्ष्मी नगरपालिका ४ स्थित चानुवा स्वास्थ्य चौकीमा भएको निशुल्क स्वास्थ्य शिविरमा ४ सय ५३ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

शनिवार भएको स्वास्थ्य शिविरमा धरानस्थित विजयपुर अस्पतालका चिकित्सकले १ सय ९० पुरुष र २ सय ६३ महिलाको स्वास्थ्य अवस्था जाँच गरेका हुन् ।

एक दिने स्वास्थ्य शिविरबाट महालक्ष्मी ३ र ४ नम्बर वडाका नागरिक लाभान्वित भएको वडाअध्यक्ष शुक्रबहादुर बुढाथोकीले बताए ।

स्वास्थ्य चौकी इन्चार्ज राजकुमार थापाका अनुसार शिविरमा हाडजोर्नी तथा नशा, महिला स्वास्थ्य, आँखा र दन्त समस्या भएका नागरिकको संङख्या उच्च रहेको र दुवै वडाको बाल स्वास्थ्य समस्या भने सामान्य रहेको बताए ।

नगर प्रमुख धुर्बराज रायले विभिन्न संघ संस्थासँग सहकार्य गरेर पालिका भित्रका नागरिकलाई स्वास्थ्य सेवा दिँदै स्वास्थ्यमा सुधार गर्दै जाने बताए ।

विजयपुर अस्पतालका संचालक प्रभात खतिवडाले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत पहाडी भेगका गाउँमा समेत पुगेर स्वास्थ्य सेवा दिने कार्यलाई निरन्तरता दिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *