प्रेम दिवसमा समीक्षा अधिकारी–‘जिन्दगीसँग खेल्नेहरूलाई पनि शुभकामना’

काठमाडौं । गायिका समीक्षा अधिकारीले ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसको शुभकामना दिएकी छन् ।

गायिका अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत् माया–प्रेमको नाटक गरेर युवा–युवतीहरूको मनसँग खेलवाड गर्नेहरूलाई पनि ‘भ्यालेन्टाइन डे’को शुभकामना नामक झटारो हानेकी हुन् ।

प्रेमी–प्रेमिकाहरूको ‘प्रेमल जोडी’लाई उनी लेख्छिन्, ‘मनदेखि सच्चा, सफा, इमान्दार माया गर्ने जोडीहरूको लागि ३६५ दिन नै प्रेम दिवस हो ।’

प्रेमको नाटक गरेर अर्काको जिन्दगी र मनसँग खेल्नेहरूलाई पनि प्रेम दिवसको शुभकामना गायिका अधिकारी लेख्छिन्, ‘प्रेमको नाटक गरेर अर्काको जिन्दगी र मनसँग खेल खेल्नेहरूलाई पनि प्रेम दिवसको धैरैधेरै शुभकामना ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *