सान इन्टरनेशनल कलेजले मनायो २४ औं वार्षिकोत्सव

काठमाडौँ । काठमाडौँको नक्सालस्थित गैरीधारामा सञ्चालन हुँदै आएको सान इन्टरनेशनल कलेजले चन्दागिरी नगरपालिका वडा नं १४, नैकापमा आफ्नै नवनिर्मित भवनमा स्थापनाको २४ औं वार्षिकोत्सव दिवस मनाएको छ ।

यस अवसरमा कलेजले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनीता डङ्गोललाई सम्मान गरेको छ । डंगोलले सोहि कलेजमा अध्ययन गरेकी थिइन् ।

उपमेयर डंगोलले आफू अध्ययन गरेको कलेजको स्थापना दिवस समारोहमा आउन पाएको र कलेजबाट आमन्त्रित गरेकोमा धन्यवाद दिई आफूलाई कलेजले छात्रवृद्धि उपलब्ध गराई अध्यापन गराएको र आगामी दिनमा नेपाल भरका विधार्थीहरुलाई भर्ना भई छात्रवृद्धिमा अध्ययन गर्न पनि सुझाव दिइन् ।

आइतबार प्रतिनिधि सभाका माननीय उपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा कलेजले स्थापना दिवस आफ्नै नवनिर्मित भवनमा मनाएको हो ।

कलेजको २४ औं दिवस समारोहलार्ई सम्बोधन गदै उपसभामुख रानामगरले समयको सदुपयोग गर्नुपर्ने बताइन । समयको ख्याल गर्न नसक्दा महत्वपूर्ण अवसरहरू गुमिरहेको बताउँदै समयको ख्याल राख्नुपर्ने उनले बताइन् ।

यसका साथै आजको आवश्यकता भनेको युवावर्गको भएको र अबको राजनीतिमा युवाहरूले समेत चासो दिनुपर्ने बताइन् । राष्ट्र र राष्ट्रियताका सन्दर्भमा घरबाट नै नैतिक शिक्षा लिनु आजको आवश्यकता रहेको बताउँदै उनले शैक्षिक संस्थाहरूले जलवायु परिवर्तन, अव्यवस्थित सहरीकरणका सन्दर्भमा समेत विशेष जोड दिई शिक्षा दिनुपर्ने अपरिहार्य रहेको धारणा राखिन् ।

त्यसैगरी कार्यक्रममा वरिष्ठ कलाकार दिपकराज गिरी र शिवहरी पौड्यालले सान इन्टरनेशनल कलेज साँच्चिकै काठमाडौँ महानगरपालिकामा सान भएको र यस चन्द्रागिरि नगरपालिकामा पनि साँच्चिकै सान नै भएर अगाडि बढ्ने शुभकामना दिए ।

नमुना सामुदायिक विद्यालय कंकाली विद्यालयका प्रधानाध्यापक विष्णु पनेरुले यस चन्द्रागिरि नगरपालिकामा सान कलेजलाई स्वागत गरी हामी सबै संस्थागत तथा सामुदायिक विद्यालयले आवश्यक सहयोग सहकार्य गरी नगरपालिकालाई नमुना बनाउनुपर्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका संस्थापक अध्यक्ष डा. सुभाष घिमिरेले शिक्षा र स्वास्थ्य दुवै मानिसका लागि एक अर्काका परिपूरकको रुपमा रहेको बताउँदै संस्थागत र सरकारी शिक्षाबिच हातेमालो हुन आवश्यक रहेको बताए ।

शिक्षा क्षेत्रबाट पनि राष्ट्रलाई ठुलो योगदान दिन सकियोस् भनी कलेजलाई आफूले नाफामुखीको रुपमा नहेरेर विशुद्ध सेवामुखी संस्थाको रुपमा कलेजलाई सञ्चालन गरिएको जानकारी दिए ।

साथै डा। घिमिरेले छिमेकी बलवान नभएसम्म अर्को छिमेकी बलवान हुन नसक्ने बताउँदै सहकार्य र साथविना कुनैपनि व्यक्ति र समाज सफल हुन नसक्ने बताए । वाग्मती प्रदेशसभा सदस्य केशव प्रसाद पोखरेलले विद्यार्थी विदेश पलायन हुने क्रम बढ्दै गएकाले यसलाई रोक्नुपर्ने बताए ।

कार्यक्रममा सांसद यमुना श्रेष्ठ, प्रदेश सभा सांसद रमाआले मगर, पूर्व उपकुलपती डा. गणेश गुरुङ्ग, काठमाडौँ महानगरपालिका उपमेयर सुनिता डंगोल, वरिष्ठ कलाकारहरू दिपकराज गिरी, शिवहरी पौड्याल, मिस नेवा सखिना महर्जन, वातावरण विज्ञ डा. शुरेस ढुङ्गेल लगायत स्थानीय विद्यालयका प्रधानाध्यापकहरू, वडा प्रतिनिधिहरू, नगरपालिका प्रतिनिधिहरू, कर्मचारीहरू, समाजसेवीहरू, विधार्थीभाइबहिनिहरु र अभिभावकहरूको उपस्थिति रहेको थियो ।

साथै यसै स्थापना दिवसमा कलेजले स्नातक तहका बि.बि.ए र बायोटेक्नोलोजी कार्यक्रमका विधार्थीहरुको दीक्षान्त समारोह पनि गरेको थियो । सबै आमन्त्रितबाट कलेजलाई २४औँ स्थापना दिवसको शुभकामना दिई आगामी दिनमा उच्च सफलताको कामना पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *