काठमाडौंमा दुर्गा प्रसाईंको शक्ति प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । मेडिकल व्यवसायी तथा ‘राष्ट्र बचाउ महाअभियान’का अभियन्ता दुर्गा प्रसाईँको कार्यक्रममा सहभागि हुन विभिन्न स्थानबाट मानिसहरू भृकुटीमण्डप पुगेका छन् ।

सयौँ संख्यामा मानिसहरू रातो झण्डा बोकी र्‍याली सहित भृकुटीमण्डप पुगेका हुन् ।

उक्त कार्यक्रम फागुन १ गते टुँडिखेलमा गर्ने भनिएपनि अनुमति नपाएपछि भृकुटीमण्डपमा गर्न लागेको हो ।

प्रसाईंले लघुवित्त, सहकारी र बैंकबाट पीडितहरुको ऋण मिनाहा लगायतका माग राखेर काठमाडौंमा विरोध प्रदर्शन गर्न लागेका हुन् ।

अभियानले सहभागीलाई भृकुटीमण्डपसम्म पुग्नका लागि ७ वटा रुट तय गरेको थियो । ती सातवटै रुटका लागि नेतृत्व र व्यवस्थापन गर्न अलगअलग टोली खटाइएको थियो । एउटा टोली नारायणगोपाल चोकबाट नाराजुलुससहित लाजिम्पाट हुँदै भृकुटीमण्डप पुग्नेछ ।

अन्य टोलीहरू क्रमशः चाबहिल, कोटेश्वर–बानेश्वर, लगनखेल, बल्खु, कलंकी, कीर्तिपुर, बालाजु–नयाँ बसपार्कमा भेला भएर कार्यक्रमस्थल पुग्ने योजना बनाइएको छ ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *