मिस पविको प्रष्टीकरण– विष्णुसंग रोमान्स होइन, प्रमोसन गरेकी हुँ

काठमाडौं । टिकटकबाट चर्चामा आएकी मोडल मिस पवि र अष्ट्रेलियामा बस्दै आएका विष्णु सापकोटाको एक भिडियो भाइरल बनिरहेको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले यो भिडियो सेयर गर्दै यी दुईबिच प्रेम सम्बन्ध हुनसक्ने अड्कलबाजी काटेका छन् ।

उक्त भिडियोमा यी दुईले एक गीतमा रिल्स बनाउँदै रमाइलो गरेका छन् । अष्ट्रेलियामा खिचिएको यो भिडियो गत साता पोस्ट भएको थियो । मिस पवि नामले चर्चित पवित्रा साँकी यति बेला अस्ट्रेलिया घुमघाममा व्यस्त छिन् ।

यो भाइरल भिडियोमा सामाजिक सञ्जाल प्रयोगकर्ताले विभिन्न खाले टिप्पणी गरिरहेका छन् । यसबिच, मिस पविले सोमबार फेसबुकबाट यो चर्चाबारे प्रष्टीकरण दिएकी छन् ।

उनले बुवा भेट्न र एक फिल्म छायाङ्कनको लागि आफू अष्ट्रेलियाको सिड्नीमा रहेको बताएकी छन् । सोही सिलसिलामा विष्णु सापकोटा लगायतको टिमसँग भेट भएको, बिजनेस प्रमोसनको भिडियो बनाउन त्यहाँ बोलाएको र सोही सिलसिलामा भिडियो खिचिएको बताएकी छन् ।

उनले सविनकुमार तोलांगीको आगामी फिल्म ‘राजमहल’ साइन गरेकी छन् । यही फिल्मबाट फिल्ममा डेब्यु गर्ने उनको तयारी छ । सोही फिल्मको सुटिङका लागि उनी अस्ट्रेलिया र न्युजिल्याण्ड पुगेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *