तस्बिरमा सुरक्षा पन्तको डेब्यु नाटक ‘क्लेशाः’

काठमाडौं । अभिनेत्री सुरक्षा पन्तले रंगमञ्चमा डेब्यु गरेको नाटक ‘क्लेशाः’को मण्डला थिएटरमा विशेष मञ्चन भएको छ । २३ औं भारत रंग महोत्सवमा छनौट भएको यो नेपाली नाटकको आज दिउँसो १२ र साँझ ५ बजे विशेष मञ्चन हुने भएको हो ।

यसअघि माघ २९ गते साँझ ५ बजे विशेष मञ्चन गरिएको थियो । नाटकले ऋषि वाल्मिकीको कहानीलाई विशुद्ध समसामयिक रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छ।

नाटकमा सुरक्षा पन्तसहित सरिता गिरी, बिजय बराल, कुशल पाण्डे, सुदीप खतिवडा, विकास जोशी, रोसनी कार्की, स्वप्निल घिमिरे, सन्दिप श्रेष्ठ, संयोग गुरागाईं, मिलन कार्की, सुजन खतिवडा, सविना थापा र रुजा राउतको अभिनय छ ।

प्रतीक्षा कट्टेलको लेखन र विजया कार्कीको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटक २३औं भारत रंग महोत्सवमा यहि फ्रेब्रुअरी १७ र १९ तारिकमा नयाँ दिल्ली र रामनगरमा गरी दुई स्थानमा मञ्चन हुँदैछ । भारतको नाट्य प्रज्ञा प्रतिष्ठानको मातहत रहेको राष्ट्रिय नाट्य विद्यालयले वार्षिक रुपमा आयोजना गर्दै आएको महोत्सवमा नेपाल सहित भारतको ५९ वटा, रुसको १ वटा र अन्य २ वटा लोकनाटक मञ्चन हुने जनाइएको छ ।

नाटक ‘क्लेशाः’ २०७६ साल असार महिनामा मण्डला थिएटरमा नियमित मञ्चन गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *