दयारानी हेरेपछि पदम गिरी भन्छन्– सेरोगेसीलाई कानूनमा राखौं

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले अरूको गर्भ भाडामा लिएर बच्चा जन्माउने प्रक्रिया (सेरोगेसी) का बारेमा कानूनमा सम्बोधन गर्न आवश्यक रहेको बताएका छन् ।

बिहीवार नेपाली चलचित्र दयारानीको प्रिमियर सो हेरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सेरोगेसीबारे कानूनमा सम्बोधन गर्न नसकिरहेको अवस्था रहेको भन्दै बच्चा आफूसँग नहुँदा अभाव कसरी पूरा गर्ने भन्ने बारेमा कानूनले केही न केही सम्बोधन गर्नुपर्ने बताए ।

उनले चलचित्र दयारानीले समाज र संस्कृतिका विभिन्न पाटाहरूलाई उजागर गरेको बताए ।

प्रिमियर शोपछि बोल्दै कलाकार कमलमणि नेपालले चलचित्रको कथा नेपाली समाजकै कथा रहेको बताए ।

उनले एउटा समुदायको मात्रै कथा नभई समग्र नेपाली समाजको कथा भएकाले सबैले हेर्नुपर्ने बताए ।

उनले भने, ‘कथा एकदमै राम्रो छ । नेपाली समाजको कथा हो यो । एउटा समुदायको मात्रै कथा होइन । फिल्म छोटो मिठो छ । सबै हेर्नुपर्ने फिल्म हो ।’

अभिनेत्री दिया पुनले चलचित्र हेर्नेहरूबाट राम्रो प्रतिक्रिया पाइरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *