एलिनाका पुर्वप्रेमीसंग मिस पविको रोमान्स !

काठमाडौँ । केही समय अघि गायिका एलिना चौहानको ब्रेकअपको खबरले सामाजिक सञ्जाल एकाएक तातेको थियो ।

सामाजिक सञ्जाल र विभिन्न मिडियाहरूले ‘धोकेबाज हौ तिमी’ गायिकाको नै व्रेकअप भएको भन्दै महत्वका साथ कन्टेन्ट बनाएका थिए ।

व्रेकअप भएको खबर लगत्तै गायिका एलिनाले ‘कट्टा हान्दिन्छु’ बोलको गीत बजारमा ल्याइन् । त्यसपछि उनको व्रेकअपको विषयले झनै चर्चा पायो ।

एलिनाको व्रेकअपको चर्चा सेलाउन नपाउँदै नेपालकी चर्चित टिकटकर मिस पवि र एलिनाका प्रेमी भनिएका विष्णु सापकोटाले अष्ट्रेलियामा रमाइलो गरेको भिडिओ सार्वजनिक भएको छ ।

विष्णु अष्ट्रेलियामा बस्छन् । मिस पवि पनि केही दिन यता विदेश भ्रमणमा छन् । सोही क्रममा विष्णु र मिस पवि नजिकिएको बताइएको छ ।

सार्वजनिक भएको भिडिओमा मिस पवि र विष्णु प्रफुल्लित मुद्रामा देखिएका छन् ।

कतिपयले विष्णुले एलिनालाइ धोका दिएर मिस पविसँग अफेयरमा रहेको समेत बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *