इक्यानले राजश्व छलि गरेको न्यायाधीकरणको पनि ठहर

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले राजश्व छलि गरेको राजश्व न्यायाधीकरणले पनि ठहर गरेको छ । न्यायाधीकरणका अध्यक्ष रमेश ढकाल र लेखा सदस्य बासुदेव खनालको इजलासले आन्तरिक राजश्व कार्यालय बत्तिसपुतली र राजश्व अनुसन्धान विभागकै निर्णय सदर गरेको हो ।

इक्यानले ६ आर्थिक वर्षमा राजश्व छलि गरेको भन्दै सुरुमा बत्तिसपुतलीस्थित कार्यालयले निर्णय गरेको थियो । आर्थिक वर्ष २०७१–२०७२ देखि २०७६–०७७ सम्ममा राजश्व छली गरेको न्यायाधीकरणले पनि ठहर गरेको हो ।

यी ६ आर्थिक वर्षमा इक्यानले राजश्व छलि गरेको राजश्व कार्यालय बत्तिसपुतलीले २०७७ माघ २५ गते नै निर्णय गरेको थियो । तर राजश्व कार्यालयको निर्णय अनुसार आफूले तिर्नु पर्ने राजश्व नतिरि इक्यान माथिल्लो निकायमा अपिल गर्दै गएको थियो ।

आन्तरिक राजश्व कार्यालयको निर्णयविरुद्ध इक्यानले राजश्व अनुसन्धान विभागमा निवेदन गर्‍यो । तर आन्तरिक राजश्व अनुसन्धान विभागले पनि इक्यानलाई नै दोषि ठहर गरेको थियो ।

विभागले २०७८ मंसिर २० गते राजश्व कार्यालयकै निर्णय सदर गरेको थियो । तर इक्यान उक्त निर्णयविरुद्ध पनि राजश्व न्यायाधीकरणमा पुग्यो । २०७८ माघ २४ गते राजश्व विभाग र राजश्व कार्यालयका निर्णय बदरको माग गर्दै इक्यानले न्यायाधीकरणमा निवेदन दिएको थियो ।

ठिक २ वर्ष पूरा भएकै दिन न्यायाधीकरणले इक्यानलाई नै दोषि ठहर गर्दै फैसला गरेको हो । न्यायाधीकरणको फैसलाको पूर्णपाठ तयार भइसकेको छैन । तर राय कितावमा भनिएको छ–‘आन्तरिक राजश्व कार्यालय बत्तिसपुतलीबाट २०७७ माघ २५ मा र राजश्व अनुसन्धान विभागबाट २०७८ मंसिर २० मा भएको निर्णय मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक करदाताको पुनरावेदन जिकिर पुग्न सकेन ।’

इक्यानले शैक्षिक परामर्शदातासँग अत्याधिक मात्रामा रकम उठाएको पाइएको थियो । उक्त विषयमा राजश्व अनुसन्धान कार्यालयले अनुसन्धान गर्दा इक्यानले परामर्शदाताहरुसँग सदस्यता शुल्क बापत लिएको जवाफ दिएको थियो ।

राजश्व कार्यालयका अधिकारीले भने–‘उसले जुन मात्रामा रकम उठाएको थियो । त्यो सदस्यता बापतको मात्रै हो भन्ने देखिँदैनथ्यो । हामीले इक्यानको भूमिकामा शंका गर्ने पर्याप्त ठाउँ देख्यौं । अनुसन्धान गर्दै जाँदा कर छलि गरेको पुष्टि भयो ।’

तर राजश्व छलि गरेको पुष्टि भइसक्दा पनि इक्यानले भने तिर्नु पर्ने राजश्व जम्मा गरेको छैन । बरु उक्त रकमको २५ प्रतिशत धरौटी जम्मा गरेर राजश्व अनुसन्धान विभागमा पुगेको थियो । इक्यानले करिव डेढ करोड राजश्व छलि गरेको पाइएको राजश्व कार्यालय बत्तिसपुतलीले ठहर गरेको थियो ।

कानुन अनुसार राजश्व कार्यालयको निर्णय चित्त नबुझेमा तिर्नु पर्ने रकमको २५ प्रतिशत धरौटी जम्मा गरेर पुर्नरावेदन गर्न सकिने व्यवस्था छ । इक्यानले पनि सोही प्रावधान अनुसार राजश्व विभागमा निवेदन दिएको थियो । तर राजश्व विभागले पनि इक्यानले राजश्व छली गरेको नै निस्कर्ष निकाल्यो ।

राजश्व विभागको निर्णयविरुद्ध इक्यान फेरि ५० प्रतिशत धरौटी राखेर राजश्व न्यायाधीकरणमा पुगेको थियो । न्यायाधीकरणले पनि इक्यानले राजश्व छलि गरेकै निस्कर्ष निकालेसँगै राजश्व कार्यालयले राजश्व अशुल गर्न पहल सुरु गरेको छ ।

राजश्व कार्यालयले तिर्नु पर्ने रकम तत्काल जम्मा गर्न भनिसकेको स्रोतले जानकारी दिएको छ । अब इक्यानले राजश्व न्यायाधीकरणको निर्णयविरुद्ध सुनुवाइका लागि सर्वोच्च अदलतमा निवेदन दिन सक्ने व्यवस्था छ । तर सर्वोच्चले पुन सुनुवाइ गर्न पर्ने वा नपर्ने भन्ने निर्णय गरेपछि मात्रै सर्वोच्चमा निवेदन दर्ता हुने नहुने निश्चित हुनेछ । त्यसका लागि न्यायाधीकरणको फैसलाको पूर्णपाठ कुर्नु पर्ने छ ।

इक्यान जस्तो संस्था हालसम्म पनि भ्याटमा दर्ता नभएको र राजश्व छलीका लागि अन्य गतिविधि समेत देखिएकाले ती विषयमा पनि अनुसन्धान गर्ने राजश्व कार्यालय स्रोतले बताएको छ ।

प्रतिक्रिया

9 thoughts on “इक्यानले राजश्व छलि गरेको न्यायाधीकरणको पनि ठहर

  1. यो विदेश पठाउने संस्थाको नाममा धन्दा नै भयो हजुर
    खै कसले बोल्ने, कार्यसमितिमै आउन लडाई पर्छ
    तपाई हामी सबैले देखेकै हो
    ल हेरत अब हामीले बुझाएको पैसाको बिजोक ?

    अनि यो ई क्यानले यत्रो हुँदा पनि हामी सदस्यलाई अहिले सम्म जानकारी नै गराएको छैन त ?
    अनि हाम्रो पैसामा रजाइँ गर्न पाइन्छ ?
    अहिले सम्मका अध्यक्ष के हेरेर बस्यौ ?
    हामीलाई जानकारी गराउन पर्दैन ?

    आउनुस् सबै मेम्बर साथीहरू कुरा बुझौँ यो संस्थाले डुबाएछ त हाम्रो रकम !

  2. K ko lagi karyasamiti, ramailo garnalai ho?
    timerko rajai ho ? k ho, aba hamro paisa firta chainxa, timarka rajai, limit cross nagarau hai sathiharu hamro paisama.

  3. सबैजना ताली मात्र नबाजाउन साथिहो।
    नराम्रो लाई मात्र नहेरौ, संस्थाले गरेको पनि हेरौ।
    यो हाम्रो गल्ती हैन, राज्यले हामिमाथी गरेको प्रहार हो।
    बुझौन किन नकारात्मक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *