सन्दर्भः क्यान्सर दिवस

महिलाहरूमा क्यान्सर हुनुका कारण र जोगिने उपाय – डा. बिजेशराज घिमिरे

क्यान्सर लाग्ने बित्तिकै डराइहाल्नु पर्दैन

काठमाडौँ । हाम्रो शरीर स–साना कोष मिलेर बनेको हुन्छ । शरीर विकासको क्रममा कोषिकाहरू अनियन्त्रित विकास हुँदा वा कोषको उत्पादन हुँदा आउने समस्या नै क्यान्सर हो । क्यान्सर बालकदेखि वृद्धसम्म जुनसुकै उमेर समूहलाई लाग्नसक्छ । शरीरका जुनसुकै अंगमा पनि क्यान्सर लाग्न सक्ने नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका मेडिकल आन्कोलोजीस्ट तथा मेडिकल निर्देशक डा. बिजेशराज घिमिरे बताउँछन् ।

उनीसंग नेपालमा क्यान्सर उपचारमा १८ वर्षभन्दा बढीको अनुभव छ । घिमिरे केमोथेरापी, लक्षित थेरापी, इम्युनोथेरापी र प्यालिएटिभ केयरका विशेषज्ञ हुन् । उनी विश्वव्यापी रूपमा पुरुषहरूलाई फोक्सोको क्यान्सर र महिलाको हकमा पाठेघर र स्तनको क्यान्सर सबैभन्दा बढी लाग्ने बताउँछन् ।

उनले क्यान्सरको सबैभन्दा खतरनाक पक्ष यो एकै ठाउँमा सीमित नभई शरीरका विभिन्न भाग फैलने बताए ।

विशेषतः महिलाहरू हुने क्यान्सरहरू के–के हुन् ?, तिनका लक्षणहरू, त्यसबाट जोगिने उपाय, निकोहुने सम्भावना र क्यान्सर न्युनिकरणमा सरकारको भूमिकाका बारेमा मकालुखबरकर्मी तेन्जिङ डोल्मा तामाङले डा. बिजेशराज घिमिरेसंग गरेको कुराकानीमा आधारित ।

महिलाहरूमा देखिने क्यान्सरका कारणहरू के–के हुन् ?

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका मेडिकल आन्कोलोजीस्ट तथा मेडिकल निर्देशक डा. बिजेशराज घिमिरेले क्यान्सरका धेरै कारणहरू हुने बताए । उनले महिलाहरूमा ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को कारण पाठेघरको मुखको क्यान्सर हुने बताए । उनले वंशाणुगत कारणले महिलाहरूमा स्तनको क्यान्सर हुने बताए । उनका अनुसार क्यान्सर हुनुको कारणहरू निम्नानुसार रहेका छन् ।

  • धूम्रपान, मद्यपान र सुर्तीजन्य पदार्थको प्रयोग
  •  मोटोपना
  • मदिरा सेवन
  • फलफूल तथा तरकारीको कम सेवन
  • शारीरिक क्रियाकलापको अभ्यास कमीअस्वास्थ्य खानेकुराले गर्दा जस्तै बासी, सडेगलेको, ढुसी परेका, तारेको, डढेको आदि खानेकुराले खानाले
  • दूषित वातावरण
  • घामको विकिरणहरूले गर्दा
  • अस्वस्थ कर जीवनशैली आदि हुन् ।

‘ती मध्ये जुनसुकै कारणले पनि हुनसक्छ । यही हो भन्ने छैन ।’ डा. घिमिरेले भने ।

महिलाहरूमा हुने क्यान्सरको निको हुने सम्भावना कति छ ?

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका मेडिकल डिरेक्टर डाक्टर विजेसराज घिमिरेका अनुसार महिलाहरूमा हुने स्तन क्यान्सरमा सबैजसो निको भइरहेका छन् । उनले पाठेघरको मुखको क्यान्सरमा चैँ सुरुवाती अवस्थामा चैँ प्रायजसो सबै निको हुने बताए । तर ढिलो भएपछि क्यान्सर निको पार्न नसकिने बताए । भने ‘क्यान्सरमा चैँ कुन स्टेजमा आउनुहुन्छ त्यसमा भरपर्छ ।’

महिलाहरूमा हुने क्यान्सरका लक्षणहरू के–के हुन् ?
डा. घिमिरेका अनुसार महिलाहरूमा हुने क्यान्सरका लक्षणहरू तल उल्लेख गरिएको छ ।

  •  स्तनमा गिर्खाहरू देखापर्नु
  • काखीमुनि गिर्खाहरू देखापर्नु
  • छातीमा दुखाई हुनु
  • निपलबाट रगत आउनु
  • पाठेघरको फोहोर पानीहरू बग्नु
  • शारीरिक सम्पर्क गरिसकेपछि रगतहरू आउनु
  • शारीरिक सम्पर्कगर्दा दुखाइ हुनु । रगतहरू बग्नु । ढाडहरू दुख्नु । यी सबै कुरा हुनसक्छ ।

क्यान्सर रोगको सङ्ख्यात्मक स्थिति कस्तो छ ?

डा. घिमिरे भन्छन् ‘क्यान्सर रोगीहरू उपचारका लागि एकदमै आइरहेका छन् । संसारभर क्यान्सर चैँ एकदमै बढ्दो छ ।’

उनले नेपालमा मात्र नभएर संसारभर क्यान्सर रोगीहरूको संख्या बढ्दै गइरहेको बताए । उनले विश्वमा बर्सेनि २ करोड मान्छेहरूलाई क्यान्सर हुने १ करोड मान्छेको क्यान्सरबाटै मृत्यु हुने गरेको बताए ।

उनले विगतको तुलनामा झनझन बढ्दै गइरहेको बताए । उनले भने ‘क्यान्सर विगतको तुलनामा बढ्दै गइरहेको छ । रहनसहन, खानपान, मोटोपना, धूम्रपान, दूषित वातावरण, वंशाणुगत कारणहरूले, मान्छे धेरै बाच्नाले पनि क्यान्सर बढी रहेको छ ।’

उनले मानिस धेरै बाच्दा पनि क्यान्सर जस्ता दीर्घ रोगहरू बढिरहेको बताए ।

क्यान्सरबाट जोगिने उपायहरू

डा. घिमिरेले आधुनिक रहनसहन, खानपान, र दूषित वातावरणका कारणले पनि विश्वमा क्यान्सरको जोखिम बढ्दै गइरहेको बताए । उनले क्यान्सर लाग्न नदिन धूम्रपान, मद्यपान, लागूपदार्थ र सुर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह गरे ।
उनले शारीरिक व्यायाम र तौलमा ध्यान दिन आग्रह गरे ।

उनले तरकारी राम्ररी पकाएर खान, ढुसी परेको कुरा नखान, सूर्यको विकिरणहरूबाट जोगिन सल्लाह दिए । उनले यी बाहेक सबैभन्दा महत्वपूर्ण कुरा बेलाबेलामा स्वास्थ्य परीक्षण गराउन आग्रह गरे । उनले भने ‘स्वास्थ्यको अवस्था सामान्य हुँदा पनि समय समयमा स्वास्थ्य परीक्षण गराउनु पर्दछ ।’

क्यान्सर न्युनिकरणमा सरकारको भूमिका

डा.घिमिरेले नेपालमा क्यान्सर रोगीहरूको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले क्यान्सरको नीति नै ल्याउनु पर्ने बताए । उनले क्यान्सरका लागि यति अस्पताल खोल्ने, यति सस्तो गर्ने भनेर नीति नै ल्याउनुपर्ने बताए । उनले हाल सरकारले क्यान्सर उपचारका लागि दिएको १ लाख दिइरहेको तर उक्त रकम उपचारका लागि अपुग रहेको बताए ।

उनले भने ‘अहिले सरकारले क्यान्सर रोगीको उपचारका लागि १ लाख दिइरहेको छ । पालिकाहरूले ५० हजार कति कति दिइरहेको छ । त्यो पुगेको छैन । त्यसैले क्यान्सरको नीति नै ल्याउनुपर्ने छ सरकारले । यो यो गर्ने भनेर ५ वर्षे १० वर्षे नीति नै ल्याउनुपर्ने छ सरकारले ।’
उनले क्यान्सर रोग नियन्त्रण गर्नका लागि सरकारले ५ वर्षे १० वर्षे नीति ल्याउनुपर्ने बताए ।

क्यान्सरबाट जोगिन डा. घिमिरेका सुझाव
डा घिमिरेका अनुसार क्यान्सर रोग लागेमा डराइहाल्नु पर्दैन । यसको उपचार नेपालमै सम्भव छ । विदेश जानु आवश्यक छैन । उनले भने ‘सबै क्यान्सरको उपचार नेपाल मै सम्भव छ । विशेषतः केही क्यान्सर जस्तो लक्षणहरू देखियो भने तुरुन्त डाक्टरसँग परामर्श लिएर चाँडो भन्दा चाँडो त्यसको उपचार गर्नु पर्यो । निको हुनुपर्यो । डराएर लुकाएर राख्नु भएन । जीवनशैलीमा ध्यान दिनुपर्यो । धूम्रपान गर्नु भएन । सरसफाइमा ध्यान दिनुपर्यो । समय समयमा जाँच गराउनु पर्यो ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *