राइटपाथमा ग्रीनविच विश्वविद्यालय (लण्डन) बारे जानकारी (तस्बिरहरू)

काठमाडौँ । राइटपाथ करियर काउन्सिलिङले विदेशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीहरूलाई ग्रीनविच विश्वविद्यालय (लण्डन) बारे जानकारी दिएको छ ।

बिहीबार राइटपाथले ग्रीनविच विश्वविद्यालय (लण्डन) बारे जानकारी दिएको हो ।

नेपाल, भारत र श्रीलङ्का विद्यार्थी क्षेत्रीय सल्लाहकार शेरिन बशीरको उपस्थितिमा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा ४० भन्दा बढी विद्यार्थीहरू सहभागि थिए ।

सल्लाहकार बरशीले ग्रीनविच विश्वविद्यालयमा (लण्डन) अध्ययन गर्दा ख्याल गर्नु पर्ने कुराहरू र प्रक्रियाका बारेमा प्रत्यक्ष जानकारी गराएकी थिइन् ।

विदेश अध्ययन गर्न चाहने विद्यार्थीका लागि यस्तो कार्यक्रम सुनौलो अवसर भएको राइटपाथ करियर काउन्सिलसङका सिइओ फिलिप डिसीले बताए ।

‘आजको कार्यक्रमा सहभागि हुनुभएकोमा सबै विद्यार्थीलाई धन्यवाद, आज हामीले युकेको ग्रिनविच विश्वव्दिालयको बारेमा जाकारी दिने कायृक्रम राखेका थियौं । नेपाल, भारत र श्रीलङ्का विद्यार्थी क्षेत्रीय सल्लाहकार शेरिन बशीर बाट भएको कार्यक्रममा धेरै विद्यार्थीले सहभागिता जनाएका थिए’, उनले भने ‘सबै भन्दा पुरानो र धेरै राम्रो विश्वविद्यालयको बारेमा आज जानकारी दियौं । विश्वविद्यालयले नेपालको विद्यार्थीहरु वा लण्डन जान चाहने विद्यार्थीहरुलाई विभिन्न छात्रवृत दिँदै आएको छ ।’

उनले उच्च शिक्षा अध्ययन गर्न विदेश जान चाहने विद्यार्थीहरूलाई शैक्षिक परामर्श र सहजताका लागि यस्ता कार्यक्रम गर्दै आएको बताए ।

राइटपाथले देशका विभिन्न स्थानमा आफ्ना सेवा विस्तार गर्दै विद्यार्थीलाई शैक्षिक परामर्श सेवा दिँदै आएको छ ।

हेर्नुहोस् थप तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *