राइटपाथमा वेस्ट अफ इंग्ल्याण्ड विश्वविद्यालय बारे जानकारी

काठमाडौं। राइटपाथ करियर काउन्सिलिङले उच्च शिक्षा अध्ययन गर्न विदेश जान चाहने विद्यार्थीहरूका लागि वेस्ट अफ इंग्ल्याण्ड विश्वविद्यालय बारे जानकारी दिएको छ।

दक्षिण एसिया प्यासिफिक विद्यार्थी प्रमुख केभिन डनको उपस्थितिमा बुधबार राइटपाथले ५० बढी विद्यार्थीहरूलाई त्यहाँ अध्ययन गर्दा ख्याल गर्नु पर्ने कुराहरु र प्रक्रियाका बारेमा जानकारी गराएको हो।

राइटपाथले युके, क्यानडा र अमेरिका लगायतका देशमा अध्ययन गर्न जाने विद्यार्थीको सहजताका लागि सम्बन्धित देशका विश्व विद्यालय र अवसरहरूको बारेमा जानकारी दिने गरेको छ।

विदेश अध्ययन गर्न चाहने विद्यार्थीका लागि विगत देखी नै यस्तो कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने राइटपाथ करियर काउन्सिलसङका सिइओ फिलिप डिसीले बताए।

‘हामीले विभिन्न समयमा विद्यार्थीलाई ती देशका कलेज, त्यहाँको अवस्थाबारे जानकारी दिने गरेका छौं । जस अन्तर्गत आज पनि युनिभर्सिटी व्रिस्टनबाट विद्यार्थी प्रमुख केभीनमार्फत विद्यार्थीलाई परामर्श दियौं’ उनले भने ‘यस्तै किसिमका जानकारीहरू र कलेजहरूको बारेमा थाहा पाउनका लागि आगामी दिनहरूमा पनि यस्तै कार्यक्रमहरू गर्ने छौं ।’

उच्च शिक्षा अध्ययन गर्न विदेश जान चाहने विद्यार्थीहरूलाई शैक्षिक परामर्श प्रदान गर्दै आएको राइटपाथले विद्यार्थीको सहजताका लागि यस्ता कार्यक्रम गर्ने गरेको उनले बताए।

विद्यार्थीलाई अब्बल बनाउने उदेश्यले दिने शैक्षिक परामर्श प्रभावकारी हुने उनको विश्वास छ।

डिसीले भने-‘आजको कार्यक्रमबाट युकेको बारेमा विद्यार्थीले धेरै कुराहरू थाहा पाउनुभयो । युकेमा अवसरहरू, छात्रवृत्ति लगायतका विषयहरू विद्यार्थीहरूलाई जानकारी गराइएको छ।’

राइटपाथले देशका विभिन्न स्थानमा सेवा विस्तार गर्दै विद्यार्थीलाई परामर्श सेवा दिँदै आएको छ। काठमाडौँको पुतलीसडकमा मुख्य कार्यालय रही अन्य स्थानहरू, ललितपुर, चितवन, हेटौँडा, दाङ, बुटवल, झापा र धनकुटामा समेत सेवा विस्तार गरिसकेको छ।

राइटपाथले युके, अस्ट्रेलिया, न्युजलेण्ड, क्यानडा, अमेरिका जस्ता शैक्षिक गन्तव्यका लागि काम गर्दै आएको छ।

   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *