आईएसएमटी कलेजबाट ३१९ जना विद्यार्थी दीक्षित

काठमाडौँ । काठमाडौँ स्थित बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ ।

शुक्रवार होटल याक एण्ड यतिमा नेपालका लागि बेलायती राजदूत Rob Fenn को प्रमुख आतिथ्य, सन्डरल्यान्ड विश्वविद्यालय (University of Sunderland) का उच्च तहका प्रतिनिधि र अभिभावकहरूको उपस्थितिमा उक्त दीक्षान्त समारोह सम्पन्न भएको हो ।

समारोहमा BBA (Business and Management), BHM, Bsc IT (CSE) उतिर्ण ३१९ जना विद्यार्थीहरू दीक्षित भएका छन् ।

उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई विश्वविद्यालयले विशेष अवार्ड समेत प्रदान गरेको छ ।

आईएसएमटी ग्रुपले काठमाडौँ, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि युनिभर्सिटी अफ सन्डरल्यान्डकै सम्बन्धनमा कलेज सञ्चालन गरि BBA (Business and Management), BHM, Bsc IT (CSE) , BSc (Hons) Cyber security and Digital Forensic  र MBA बिबिए, बिएचएम, कार्यक्रम सञ्चालन गरिरहेको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *