कलाकार बन्दै ओली,‘नमेटिने घाउ’ मा प्रधानमन्त्री बन्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अब कलाकार बन्ने भएका छन् । ओलीले फिल्म ‘नमेटिने घाउ’ मा प्रधानमन्त्रीको भूमिकामा देखिनेछन् ।

यसअघि ओली दीपेन्द्र दाहालको ‘रातो सूर्य’ मा पनि देखिएका थिए ।

आइतबार नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा फिल्म ‘नमेटिने घाउ’ निर्माणको घोषणा भएको छ ।

फिल्म एसिड आक्रमणमा परेकी मुस्कान खातुनको जीवन कथामा आधारित छ । अभिनेता रमित ढुङ्गानाले यस फिल्मलाई निर्देशन गर्न लागेका हुन् ।

मुस्कान खातुनमाथि २०७६ सालको भदौ २० गते वीरगन्जको रेशम कोठीस्थित त्रिभुवन हनुमान उच्च माविमा पढ्न जाँदै गर्दा एसिड प्रहार भएको थियो ।

एसिड आक्रमणबाट उनको अनुहारको एकातर्फको भाग जलेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *