फिल्म ‘खजुरे ब्रो’ मा अभिनय गर्दै हर्क साम्पाङ

काठमाडौँ । धरानका मेयर हर्क साम्पाङ फिल्म ‘खजुरे ब्रो’ मा देखिने भएका छन् ।

‘खजुरे ब्रो’ मा उनी विशेष भूमिकामा देखिँदै छन् ।

निर्माण टिमका अनुसार फिल्ममा उनको एक मिनेट लामो दृश्य छायाङ्कन गरिएको छ । उनलाई मेयरकै भूमिका देख्न सकिने कार्यकारी निर्माता डायमण्ड उप्रेतीले बताए ।

फिल्मले धरानको संस्कृतिको प्रवर्द्धन गर्ने र ठूलो पर्दामा स्थानीय कला र रहनसहन झल्काउने निर्माण टिमको भनाइ छ ।

कमेडी जनरामा बन्ने फिल्मको लेखन तथा निर्देशन सुरज सुनुवारले गरेका छन् भने नवीन मानन्धर र सुरज सुनुवारले लगानी गरेका छन् ।फिल्ममा रेयर राई, महेश त्रिपाठी, नीति शाह, नविन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा, शान्तिला तामाङ, सुजाता राईलगायत कलाकारको अभिनय रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *