धरहरामूनि निःशुल्क पार्किङ (तस्बिरहरु)

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आजदेखि सुन्धारास्थित निर्माणाधीन धरहराको जमिनमुनिको तला (बेसमेन्ट)मा निःशुल्क पार्किङ सेवा उपलब्ध गराएको छ । न्युरोड क्षेत्रमा कालोपत्रे सडकमा पार्किङ निषेध गरिएपछि सवारी चालकलाई सहज पार्किङ स्थल उपलब्ध गराउने उद्देश्यले धरहरामा निःशुल्क पार्किङको व्यवस्था मिलाइएको हो ।

सरोकारवालासँगको समन्वयमा धरहरा क्षेत्रमा रहेको बेसमेन्टमा पार्किङ सेवा उपलब्ध गराइएको महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले बताए । ‘यसअघि काठमाडौँ टावर (साबिक पुरानो बसपार्क)मा निःशुल्क पार्किङ सेवा उपलब्ध गराएका छौँ,’ उनले भने, ‘सरोकारवालासँगको समन्वयमा आइतबारदेखि धरहरा क्षेत्रमा रहेको बेसमेन्टमा पार्किङ सेवा उपलब्ध गराइएको हो ।’

उनका अनुसार तीन तला पार्किङ निर्माण गरिएको धरहरा क्षेत्रमा कुल डेढ लाख वर्गफिट क्षेत्रफलमा पार्किङ गर्न सकिन्छ । चारपाङ्ग्रे सवारीसाधन चार सय र मोटरसाइकल एक हजार पाँच सयभन्दा बढी पार्किङ गर्न सकिन्छ । संरचनागत रूपमा यो ठाउँ मुलुककै अहिलेसम्मको सबभन्दा ठुलो पार्किङ संरचना रहेको बताइएको छ ।

सहिद गेटबाट न्युरोडतर्फ जाँदा बायाँपट्टि काठमाडौँ मलबाट खिचापोखरीतर्फ लाग्ने सडकबाट पार्किङ गर्ने ठाउँमा पुगिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *