खगराजलाई दलको नेताबाट हटाउने निर्णय सच्याउन निर्देशन (पत्रसहित)

काठमाडौँ । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिले प्रदेश संसदीय दललाई नेता खगराज भट्टलाई दलको नेताबाट हटाउनले निर्णय अविलम्ब सच्याउन निर्देशन दिएको छ । भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाउने निर्णय अविलम्ब सच्याऊ निर्देशन दिइएको हो ।

प्रदेश अध्यक्ष हरिराम चौधरी (उत्सव)को अध्यक्षतामा बसेको माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी पदाधिकारी बैठकले दलको नेता परिवर्तन गर्ने निर्णय सच्याउन संसदीय दललाई निर्देशन दिएको हो । सुदूरपश्चिम प्रदेशका सबै जिल्ला संयोजक र इन्चार्जलाई पदाधिकारी बैठकले गरेको निर्णय समेत परिपत्र गरिएको छ। परिपत्रमा संसदीय दलको नेता खगराज भट्टको जानकारी विना उपनेता अक्कल बहादुर रावलको अध्यक्षतामा बसेको बैठकले दलको नेता परिवर्तन गरेको र सरकार परिवर्तन गर्ने भन्ने कुरामा गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

शुक्रबार बसेको दलको बैठकले बहुमतबाट सुदूरपश्चिम प्रदेश सभा माओवादी संसदीय दलको नेता परिवर्तन गरेको हो । यसअघि दलको नेता रहेका खगराज भट्टलाई हटाएर माओवादीमा मानबहादुर धामीलाई दलको नेता बनाएको हो । सभामुखसहित ११ जना प्रदेशसभा सांसदमध्ये ६ जनाले खगराजलाई हटाएर धामीलाई दलको नेता बनाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *