एक्लिएका बा-आमाको कथा बोल्ने ‘समयको पीडा’ (तस्बिरहरु)

काठमाडौं । रातोपुलमा रहेको ओजस थिएटरमा नाटक ‘समयको पीडा’ मञ्चन भइरहेको छ । सुन्दर धितालको परिकल्पना तथा निर्देशनमा नाटक गत बुधबारदेखि सुरु भएको हो ।

कलाशी प्रोडक्शन हाउस प्रा.लीको प्रस्तुति रहेको नाटक साहित्यकार पद्यावती सिंहको कथा ‘समयको पीडा’ को नाट्य रूपान्तरण हो । नाटकमा रोजगारी लागि नेपालबाट बिदेसिएका नेपालीहरू नफर्केपछि एक्लिएका बा-आमाको पीडालाई नाटकमा समावेश गरिएको छ ।

समय जति बित्यो उमेर बढ्दै जान्छ । उमेरसँगै आफ्नो सन्तति पनि घट्ने रहेछन् । यो साँच्चै नै समाजको मात्र होइन सिङ्गो देशमा समयको पीडा हो भन्ने सन्देश नाटकमा छ ।

नाटकमा विशाल देवकोटा (रामनाथ), संगीता थापा (आनन्दी), अर्जुन दुलाल (जेठो छोरो), अन्जसा रिजाल (बुहारी), उन्नत उप्रेती (कान्छो छोरो), सगुन पोखरेल (छोरी), रोहित श्रेष्ठ (ज्वाइँ), पूर्ण गन्धर्व (साथी), नवीन प्याकुरेल (सेवक), कपिल दीप काफ्ले (पसले) र विपिन जैसवाल डाक्टर पात्रको भूमिकामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *