तराईमा हुस्सुले जनजीवन कष्टप्रद, पहाड र हिमालको मौसम कस्तो ?

काठमाडौँ । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् ।

जसको प्रभावले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको छ । देशका तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ । धेरै दिनदेखिको बाक्लो हुस्सुका कारण तराईको जनजीवन कष्टप्रदश बनेको छ ।

दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हुस्सु, कुहिरो र हिमपातका कारण तापक्रम घट्ने हुँदा चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =