एमाले अध्यक्ष ओली र चिनियाँ उपमन्त्रीबीच शिष्टाचार भेट

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गरेकी छन् ।

ललितलपुर, च्यासलस्थित एमाले पार्टी मुख्यालयमा आज भएको भेटमा उनीहरुबीच नेपाल–चीन सम्बन्ध तथा एमाले र चिनियाँ कम्युनिष्ट पार्टीबीच सम्बन्धलाई राम्रो बनाउनुपर्दछ भन्ने विषयमा छलफल भएको एमाले विदेश विभाग प्रमुख डा राजन भट्टराईले जानकारी दिए ।

उनका अनुसार पार्टी अध्यक्ष ओलीले विगतमा चिनियाँ कम्युनिष्ट पार्टीसँग एमाले सरकारमा हुँदा भएका सहमति कार्यान्वयन गर्न आग्रह गरे । उपमन्त्री सुन हायानले पनि दई देशबीच उच्च राजनीतिक तहमा भएका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको एमाले विदेश विभाग प्रमुख भट्टराईले बताए ।

उपमन्त्री हायान नेकपा (माओवादी केन्द्र) को औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल भ्रमणमा आएकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + one =