यो दिन फर्केर आउँदैन, आज देशको लागि खेलौं : कप्तान देव खनाल

काठमाडौं । आइसिसी यू–१९ विश्वकपअन्तर्गत अहिले नेपालले समूहको तेस्रो खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर ब्याटिङ गरिरहेको अफगानिस्तानविरुद्ध नेपालले अहिले ब्याटिङ गरिरहेको छ ।

यसअघि पहिले फिल्डिङ गरेको नेपालले उत्कृष्ट गर्दै अफगानिस्तानको ब्याटिङलाई धरापमा पारेको थियो ।

नेपालका लागि तीव्र गतिका बलर आकाश चन्दले उत्कृष्ट बलिङ गरेका थिए ।

उनको उत्कृष्ट बलिङमा अफगानिस्तान ४०.१ ओभरमा अलआउट हुँदै १४५ रनमा समेटिएको थियो ।

अफगानिस्तानलाई सस्तैमा अलआउट गरेपछि नेपालका कप्तान देब खनालले टिम सहकर्मीलाई हौसला दिएका छन् ।

उनले आजको दिन कहिल्यै नआउने भन्दै आफ्नो लागी र देशको लागी खेल्न टिम सहकर्मीलाई आग्रह गरेका छन् ।

उनले भनेका छन्– ‘यो टार्गेट पुग्नु पर्‍यो , जसरी भए पनि सुपर ६ चाहियो, यो दिन फेरी जिन्दगीमा आउँदैन, यो कुरा याद राखौँ । आज आफ्नो लागी लागि खेलौं, आफ्नो देशको लागि र आफ्नो परिवारको लागि खेलौं । ’

यो समाचार तयार पार्दासम्म कप्तान र आकाश त्रिपाठी क्रिजमा छन् । खनाल २५ रन बनाएर र त्रिपाठी ७ रन बनाएर खेलिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − three =