यू–१९ विश्वकप

अफगानिस्तानविरुद्ध नेपालले पायो १४६ रनको लक्ष्य

काठमाडौं । आइसिसी यू–१९ विश्वकप क्रिकेटमा अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले ४०.१ औं ओभरमा अलआउट हुँदै १४५ रन जोड्यो ।

नेपाली बलरसामु अफगानिस्तानी ब्याटरहरु निरीह बने । नेपालका नेपालका आकाश चन्द एक्लैले ५ विकेट लिएपछि अफगानिस्तानका ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन् ।

अफगानिस्तानलाई १४५ रनमा अलआउट गर्न आकास चन्दले उत्कृष्ट बलिङ गरे । उनले ५ विकेट लिने क्रममा ८ ओभरमा ३४ रन खर्चिए ।

यस्तै दिपेश कंडेलले ८ ओभरमा १ मेडन सहित १७ रन दिएर २ विकेट लिए । गुलशन झा, सुवाष भण्डारी र तिलक भण्डारीले समान एक–एक विकेट लिए ।

नेपालले पहिलो दुई ओभरमा नै दुई विकेट लिएको थियो । पहिलो ओभरमा गुलशन झाको चौथो बलमा नुमान शाह शुन्यमा आकाश डुम्रेको हातबाट क्याच आउट हुन पुगे । यस्तै दोस्रो ओभरमा आकाश चन्दको बलमा खालिद ताइनवाल विकेटकिपर बिपिन रावलको हातबाट क्याच आउट भए ।

जम्शिद जाद्रान १४ बलमा ३ रन बनाउँदै आकाशकै बलमा बोल्ड भए । सोहेल खान पनि आकाशको बलमा देवको हातबाट क्याच आउट भए । अलि अहमदलाई पनि आकाशले शुन्यमा पेभेलियन फर्काए । हसन इशाखिल पनि ३५ बलमा २० रन बनाएर आकाशकै बलमा आउट भए । यो विकेट सँगै आकाशले ५ विकेट पूरा गरेका थिए ।

आठौ नम्बरमा आएका अल्लाह घजनफरले भने विष्फोटक इनिङ खेले । उनी २१ बलमा ४ चौका र ३ छक्का सहित ३७ रन बनाएर आउट भएका थिए । शुन्यमा किपर बिपिन रावलले उनको क्याच छोडेपछि उनी विष्फोटक ब्याटिङ गर्दै तिलक भण्डारीको बलमा सुवाश भण्डारीले क्याच आउट भए ।

अरब गुललाई भने दिपेश कंडेलले शुन्यमा आउट गरे । नवौ विकेटका लागि भने कप्तान नासिर खान र फरिदून दावुदजाइ मिलेर ५५ रनको साझेदारी गरेका थिए । सो साझेदारी लाई दिपेश कंडेलले नासिरलाई आउट गरेका थिए । नासिरले ८३ बलमा ३ चौका सहित ३१ रन बनाए । फरिदूनलाई सुवाष भण्डारीले २९ रनमा अन्तिममा आउट गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =