यू– १९ विश्वकप

अफगानिस्तानविरुद्ध नेपालको शानदार बलिङ, आकाश एक्लैले लिए ४ विकेट

काठमाडौं । नेपालका आकाश चन्दले ४ विकेट लिएपछि आईसीसी यू–१९ विश्वकपको पहिलो चरणको आफ्नो अन्तिम खेलमा नेपालविरुद्ध खेलिरहेको अफगानिस्तान धरापमा परेको छ ।

अफगानिस्तानले ९.१ ओभरमा ५ विकेट गुमाएर ३४ रन जोडेको छ । आकाशले ४.१ ओभरमा केवल ८ रन खर्चिएका छन् ।

नेपालले पहिलो दुई ओभरमा दुई विकेट लिँदै उत्कृष्ट सुरुवात गरेको थियो ।

नेपालका लागि गुल्सन झाले पहिलो ओभरको चौथो बलमा पहिलो विकेट लिए । उनले अफगानिस्तानका ओपनिङ ब्याटसम्यान नुमन शाहलाई शून्यमा दीपक डुम्रेबाट क्याच गराए ।

दोस्रो ओभरमा आकास चन्दले खलिद तनिवाललाई पनि शून्यमा विकेटकिपर विपिन रावलबाट क्याच गराए । यस्तै आकासले अफगानिस्तानका ओपनर जाम्शिद जार्द्रानलाई ३ रन बनाएर खेलिरहदा ५.५ ओभरमा बोल्ड गरे । दुई ओभरपछि आकासले नेपालका लागि चौथो र व्यक्तिगत तेस्रो विकेट लिन सफल भए । आठौं ओभरको अन्तिम बलमा उनले सोहिल खानलाई ४ रनमा कप्तान देव खनालबाट क्याच गराए ।

आकासले दशौं ओभरको पहिलो बलमा नेपाललाई पाँचौ सफलता दिलाए । उनले व्यक्तिगत चौथो विकेट लिने क्रममा अलि अहमदलाई शून्यमा एलबिडब्लूको धरापमा पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − one =