कोशीमा राष्ट्रियसभा निर्वाचनको मतगणना सुरू

काठमाडौं । राष्ट्रियसभा निर्वाचनको मतदान सकिएको छ ।

मतदान सकिएसँगै कोशी प्रदेशमा मतगणना शुरू भएको छ ।

कोशीमा मतगणना अघि ४ बजेबाट सुरू भएको सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार केही बेरमा नै मत परिणाम सार्बजनिक हुनेछ ।

सत्ता गठबन्धनबाट कोशी प्रदेशको अन्यतर्फ काँग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ नेकपा (माओवादी केन्द्र) की चम्पा कार्की उम्मेदवार छन् ।

सिटौलाबिरुद्ध राप्रपाका उद्धव पौडेल र कार्कीसँग एमालेकी रुक्मिणी कोईराला प्रतिष्पर्धामा छन् ।

कोशी प्रदेशमा प्रदेश र स्थानीय तहमा गरी एमालेको मतभार ४ हजार २४८, काँग्रेसको ३ हजार ६८४, माओवादी केन्द्रको १ हजार २७८, राप्रपाको ३९४, नेकपा एकीकृत समाजवादीको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार छ ।

कोशीमा राप्रपा र एमाले मिलेपछि गठबन्धनसँगको मतभार अन्तर ७९४ मा झरेको छ ।

सत्ता गठबन्धनसँग ५४३६ मतभार छ । एमाले र राप्रपाको मतभार ४ हजार ६४२ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − sixteen =