स्वतन्त्र मेयर हमालले राष्ट्रिय सभा निर्वाचनमा मतदान गरेनन्

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले राष्ट्रिय सभा सदस्यको मतदान नगर्ने भएका छन् ।

नगर प्रमुख हमालले बिहीबार जारी राष्ट्रिय सभा सदस्यको मतदानमा सहभागिता नजनाउने बताएका हुन् ।

राष्ट्रिय सभा सदस्यका लागि सुदूरपश्चिम प्रदेश सभा सचिवालयको परिसरमा मतदान जारी रहेको छ ।

अहिलेसम्म स्थानीय तहका एक सय ७३ जनाले मतदान गरेका छन् ।

दुई जनाले मतदान गर्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । प्रदेश सभाका भने ५२ जनाले नै मतदान गरेका छन् । प्रदेश सभामा ५३ जना सदस्य रहेकोमा एक जनाको मृत्यु भएको थियो ।
स्थानीय तहमा १७५ जनामा १७३ जनाले मतदान गरेका छन् । सुदूरपश्चिमबाट राष्ट्रिय सभाको तीन सदस्यका लागि ६ जना चुनावी मैदानमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *