‘विज्ञहरूको पर्याप्त सुझाव नलिई राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई अगाडि बढाउन सकिँदैन’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक २०८१ लाई विज्ञहरूको पर्याप्त सुझाव नलिई अगाडि बढाउन नसकिने बताएका छन् ।

बिहीबार सिंहदरबारमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उक्त विधेयकमाथिको छलफलमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो भनाई राखेका हुन् ।

मन्त्री पोखरेलले उक्त विधेयकका सम्बन्धमा विज्ञहरूको पर्याप्त सुझाव आवश्यक भएकाले त्यसका लागि आवश्यक समयसहितको छलफलको व्यवस्था गर्न पनि संसदीय समितिलाई आग्रह गरे । उनले उक्त विधेयकको दफादफा अध्ययन गरेर त्यसलाई समृद्ध पनि सांसदहरूको पनि ध्यानाकर्षण गराए ।

उक्त विधेयकमा कुनै पनि छिद्र नरहने गरी छलफल गरेर मात्रै अघि बढ्नुपर्ने मन्त्री पोखरेलको भनाई थियो ।

उनले भने ‘यो विधेयकको समितिमा दफावार छलफल हुन पनि बाँकी नै छ । त्यो दफावार छलफलमा अझ माननीयजीहरूले यसमा के आवश्यक पर्छ, त्यो संशोधन पनिका पनि अध्ययन गरेर आउन पनि सबै जनालाई अनुरोध पनि गर्दछु । र त्यो दफावार छलफल भएको बेलामा म समितिका सभापतिज्यू, सचिवज्यूलाई के आग्रह गर्दछु भने एक्सपर्टहरूलाई पनि त्यो दिन आएर आफ्ना कुराहरू राख्नका लागि व्यवस्था मिलाई दिनु होला । उहाँहरूको तर्फबाट पनि कुरा सुनेर उहाँहरूको एक्पटिजलाई पनि राखेर त्यसलाई अझ अगाडी बढाउनुपर्ने हुन्छ । एक दिनमा भ्याईएन भने कति दिन आवश्यक पर्छ रु एकै दिनमा सबै कुरा टुंग्याउन पनि आवश्यक छैन । यसलाई दफादफामा राम्रोसँग छलफल गरेर कुनै पनि लुपहोल त्यहाँ नरहने गरी एउटा राम्रो विधेयक बनाएर मात्रै त्यसलाई यताबाट अगाडि बढाउन पनि आग्रह गर्दछु ।’

मन्त्री पोखरेलले विज्ञान र प्रविधिको क्षेत्रमा विज्ञहरूको सुझाव महत्त्वपूर्ण हुने भएकाले सरकारले त्यसमा विशेष ध्यान दिएको पनि स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − two =