कर्णालीमा राष्ट्रिय सभाको मतदान सम्पन्न

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि कर्णाली प्रदेशमा मतदान सम्पन्न भएको छ ।

तीन सदस्यका लागि प्रदेश निर्वाचन कार्यालयमा बिहान ९ बजेदेखि मतदान सुरू भएको थियो ।

दिउँसो १ बजेसम्म स्थानीय तहका सबै मतदाताहरुले मतदान गरिसकेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कर्णालीबाट राष्ट्रिय सभा सदस्यका लागि गठबन्धनका तर्फबाट अन्यमा नेपाली काँग्रेसका कृष्णबहादुर रोकाया, दलितमा नेकपा (माओवादी केन्द्र) का विष्णु विक र नेकपा (एकीकृत समाजवादी) की सावित्री मल्लले उम्मेदवारी दर्ता गराएकी थिइन् ।

एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विकले उम्मेदवारी दर्ता गराएका थिए । प्रदेशमा जम्मा ५ हजार ८४ मतभार छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *