बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी धादिङ ज्वालामुखी गाउँपालिका–२ घर भई हाल काठमाडौं बुढानीलकण्ठ नगरपालिका–८ बस्ने ३१ वर्षीय अशोक श्रेष्ठलाई बुधवार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटन ललितपुरको २०७९ चैत २७ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ३ दिन कैद र ७ लाख रुपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 2 =