यू–१९ विश्वकप
पाकिस्तानविरुद्ध नेपालले महत्त्वपूर्ण ४ विकेट गुमायो
२०८० माघ १० गते

काठमाडौं । दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकप प्रतियोगितामा पाकिस्तानविरुद्ध नेपालको चौथो विकेट पतन भएको छ ।
पहिलो विकेटका रुपमा ओपनर अर्जुन कुमाललाई गुमाएको नेपालले चौथो विकेटका रुपमा उत्तम कुमार थापालाई गुमायो ।
ओपनिङ ब्याटर अर्जुन कुमाल ४.२ ओभरमा ६ रन बनाएर आउट भए । यस्तै आकास त्रिपाठी ६.५ ओभरमा पाकिस्तानका अहमेद हुसेनको बलमा ६ रनमै क्याच आउट भए । कप्तान देव खनाल २३ रन जोडेर १७.१ ओभरमा आउट भएका थिए । उनले ओपनिङ ब्याटर विपिन रावलसँग तेस्रो विकेटका लागि ३७ रनको साझेदारी गरे । देव आउट हुँदा नेपालले ३ विकेटको क्षतिमा ८० रन जोडेको थियो ।
उउत्तम मगर पनि ४ रनमा आउट भए । उनी आउट हुँदा नेपालले २१ ओभरमा ४ विकेटको क्षतिमा ८५ रन जोडेको स्थिति थियो ।
२०८० माघ १० गते
प्रतिक्रिया
सम्बन्धित








