तस्बिरमा कोइराला निवासको चियापान

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले विराटनगर स्थित निवासमा चियापान समारोहको आयोजना गरेका छन् ।

कोइरालाले कोशी प्रदेश सभाका सदस्यहरू तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुखका सहभागिता सहितको चियापान कार्यक्रम आयोजना गरेका हुन् ।

कोइरालाले निर्वाचनमा कांग्रेस एक भएको सन्देश दिन चियापान आयोजना गरेका हुन् ।

गठबन्धनका नेताहरूको समेत उपस्थिति रहेको चियापान कार्यक्रममा नेपाली कांग्रेस महामन्त्री गगन थापा, नेता मिनेन्द्र रिजाल, खेलकुद मन्त्री डिगबहादुर लिम्बूलगायत कोशीका प्रदेश सभाका सदस्यहरू तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *