महानगर प्रहरीले व्यवसायीमाथि हातपात गरेको भन्दै विरोध प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । काठमाडौं महलका व्यवसायीहरूले काठमाडौं महानगरपालिका अगाडि विरोध प्रदर्शन गरेका छन् ।

सोमवार उनीहरुले काठमाडौं महानगरपालिका अगाडि भेला भई प्रदर्शन गरेका हुन् ।

व्यवसायीहरूले आफूहरू सञ्चयकोषको काठमाडौं महलको ग्राउन्ड फ्लोरमा व्यवसाय गर्दै आइरहेको र एक वर्ष अवधि हुँदा पनि आफूहरूलाई महानगरपालिकाले नगरप्रहरी लगाएर अपमान गरेको बताए ।

व्यवसायी श्रीधर पोखरेलले महानगरसँग गरेको सम्झौता सकिन एक वर्ष बाँकी रहँदै महानगरले बर्बरतापूर्वक व्यवसायीहरूलाई अपमान गरेको बताए । उनले महानगरले अदालतको आदेश विपरीत व्यवसायीहरूमाथि धरपकड गरेको बताए ।

त्यस्तै काठमाडौं महल सञ्चयकोष भवन व्यापार संघका अध्यक्ष मिलन घिमिरेले महानगरले व्यवसायीहरूलाई आतङ्ककारी शैलीमा धरपकड गरेको बताए । उनले महानगरपालिकाका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोलीले आफूहरूमाथि हातपात गरेको बताए ।

त्यस्तै अर्का व्यवसायी मुरारी कोईरालाले सञ्चयकोषको अन्तिम फ्लोरमा ७५ जना व्यवसायीहरू व्यवसाय गर्दै आइरहेको तर महानगरपालिकाले फुटपाथ व्यापारीहरूलाई गरेको भन्दा बढी ज्यादती गरेको बताए ।

उनीहरुले महानगर र सञ्चयकोषको द्वन्द्वका कारण व्यवसायी मर्कामा परेको बताए ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *