‘माइतीघरको निषेधाज्ञा खारेज गर’ भन्दै विरोध प्रदर्शन, १५ जना पक्राउ (तस्बिरहरू)

काठमाडौँ । निषेधाज्ञाको विरोध गर्दै माइतीघर मण्डलमा विरोध प्रदर्शन गरिएको छ।

आइतबार सत्तारूढ दल नेपाली कांग्रेसको भातृ संगठन, नेपाल विद्यार्थी संघ, केन्द्रीय तदर्थ समितिले निषेधाज्ञाको विरोध गर्दै प्रदर्शन गरेको हो ।

उनीहरुले ‘डियर पीएम, हामी पनि यहाँ छौ’, ‘स्थानीय प्रशासन ऐन, २०२८ को दुरुपयोग बन्द गर’ , ‘माइतीघरको निषेधाज्ञा खारेज गर’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकी मुखमा टेप लगाएर १५ मिनेट जति शान्तिपूर्ण प्रदर्शन गरेका थिए।

शान्तिपूर्ण प्रदर्शन सकिएसँगै निषेधाज्ञा तोड्न निस्किएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका करिब १५ जना विद्यार्थीहरूलाई नगर प्रहरी कार्यालय राखिएको प्रहरीले जनाएको छ ।

सरकारले मंसिर ४ गतेदेखि लागू हुनेगरी माइतीघर लगायतका आसपासका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *