माइतीघरमा नेविसंघको प्रदर्शन, डेढ दर्जन बढी पक्राउ(तस्बिरहरु)

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको भ्रातृ संगठनले माईतीघर मण्डलाको निषेधाज्ञा हटाउन माग गर्दै बिरोध प्रदर्शन गरेको छ ।

आईतवार काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले माईतीघरमा सरकारले लगाएको निषेधाज्ञा हटाउन माग गर्दै बिरोध प्रदर्शन गरेको हो । निषेधित क्षेत्रमा बिरोध प्रदर्शन गरेसँगै उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले माईतीघरको निषेधाज्ञा खारेज गर्, अभिव्यक्ति स्वतन्त्रता कामय गर् लगायतका प्लोकार्ड र नारा लगाएर बिरोध प्रदर्शन गरेका थिए ।

नियन्त्रणमा लिइएकाहरूलाई प्रहरी वृत्त सिंहदरबार राखिएको छ ।

२ महिनादेखि स्थानीय प्रशासनले बानेश्वर–माइतीघर, बालुवाटार, शीतल निवास, मन्त्री क्वार्टर पुलचोकलगायत काठमाडौँका विभिन्न क्षेत्रमा जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन र सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *