इरानी पाँच रिभोलुसनरी गार्ड अफिसर इजरायली आक्रमणमा मारिए
२०८० माघ ७ गते

एजेन्सी । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजिसी) का पाँच अधिकारीहरू शनिवार राजधानी दमास्कसको एक आवासीय क्षेत्रमा इजरायली मिसाइल आक्रमणमा मारिएका छन् ।
उक्त क्षेत्रमा बसोवास गर्ने एक प्रत्यक्षदर्शीका अनुसार आकाशमा चारदेखि छ वटा क्षेप्यास्त्रहरू द्रुत रूपमा प्रहार भएको थियो । माज्जेहको पश्चिमी विलामा मुहम्मदी मस्जिद नजिकैको क्षेत्रबाट धुवाँ उडिरहेको देखिएको थियो । लक्षित भवन इरानको आइआरजिसीसँग संवद्ध एकाईले कब्जा गरेको थियो ।
२०८० माघ ७ गते
प्रतिक्रिया
सम्बन्धित








