गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या २४ हजार ७६२ पुग्यो
२०८० माघ ६ गते

काठमाडौं । गाजापट्टीमा जारी इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २४ हजार ७६२ पुगेको छ ।
इजरायली सेनाले गत २४ घण्टामा १४२ प्यालेस्टाइनीको हत्या गरेको छ भने अन्य २७८ जना घाइते भएका छन् ।
जारी इजरायल–हमास द्वन्द्वले अक्टोबर ७, २०२३ बाट हालसम्म ६२ हजार १०८ घाइते भएका छन् ।
वेस्ट बैंकमा, इजरायली सेनाले बिहीवार रातिदेखि हालसम्म ८ जनाको हत्या गरेको बताइएको छ ।
अक्टोबर ७, २०२३ देखि वेस्ट बैंकमा इजरायली आक्रमणबाट कम्तिमा ३६८ प्यालेस्टाइनीहरू मारिएका छन् ।
२०८० माघ ६ गते
प्रतिक्रिया
सम्बन्धित








