‘दुई करोड नगदसहित अग्रवाल पक्राउ’ भन्ने समाचारमा आफ्नो फोटो परेपछि हैरानीमा नरेश

काठमाडौं । आफूसँग सरोकार नै नभएको विषयको समाचारमा फोटो राखिएपछि नरेश अग्रवाललाई तनाव भएको छ । राजश्व अनुसन्धान विभागले स्रोत नखुलेको सवा २ करोड रुपैयाँ र ३ हजार डलरसहित पक्राउ गरेको थियो ।

उक्त समाचारको फिचर कतिपय मिडियाले नरेशकुमार अग्रवालको फोटो प्रयोग गरेको थिए । उनको फोटो सार्वजनिक भएपछि नरेशले आपत्ति जनाएका छन् । फोटो मिडियामा प्रकाशन भएपछि नेपाल फ्रेड फरवार्डर्स एशोसियसन (नेफ्रा) का उपाध्यक्षसमेत रहेका अग्रवालले हैरानी व्यहोर्नु परेको गुनासो गरे ।

समाचारमा प्रयोग भएको फोटो

क्षेत्रपाटी घर भएका कपडा व्यवसायी नरेश अग्रवालसहित ३ जनालाई बिहीबार राति राजश्वले पक्राउ गरेको थियो । तर, नाम र बसोबास गर्ने ठाउँ मिलेकै कारण कार्गो व्यवसायी नरेश अग्रवालको फोटो मिडियाहरूमा आएपछि उनले आफू उक्त व्यक्ति नभएको भन्दै स्पष्टीकरण दिनुपरेको उनको गुनासो छ ।

नेफ्रा उपाध्यक्ष नरेशकुमार अग्रवाल

यसैबीच उनी आबद्ध रहेको संस्था नेफ्राले विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको छ । ‘आज मिति २०८० माघ ५ गते विभिन्न राष्ट्रिय दैनिकहरू तथा अनलाइनहरूमा ‘हुन्डी र सुन कारोबारको आरोपमा दुई करोड नगद सहित नरेश अग्रवाल पक्राउ’ शीर्षकमा प्रकाशित समाचारमा यस संघका उपाध्यक्ष श्री नरेश कुमार अग्रवालज्यूको तस्बिर प्रयोग गरेकोमा यस संघको गम्भीर ध्यानाकर्षण भएको छ, ’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘उक्त समाचारमा आरोपित नरेश अग्रवाल क्षेत्रपाटी स्थित कपडा व्यापारी रहेको र यस संघका उपाध्यक्ष श्री नरेश कुमार अग्रवालज्यूको यस समाचारसँग कुनै सम्बन्ध नरहेको सम्बन्धित सवैमा जानकारी गर्दछौँ । कुनै ठोस अध्ययन विना राष्ट्रिय दैनिक तथा अनलाइनहरूमा प्रचार प्रसार गरिने समाचारहरूले निर्दोष व्यक्तिको मानमर्दन हुने भएको हुँदा यस प्रकारको लापरबाहीको संघ घोर भर्त्सना गर्दछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − two =