बागलुङमा कुटिए दुर्गा प्रसाईं
२०८० माघ ४ गते

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंमाथि फेरी हातपात भएको छ ।
बागलुङमा सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।
‘नेपालीहरुको मुक्तिको लागि अन्तिम लडाइ’ कार्यक्रमको लागि प्रसाई बागलुङ गएका थिए ।
उनीमाथि हातपात गर्ने बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
२०८० माघ ४ गते
प्रतिक्रिया
सम्बन्धित








