गाजामा इजरायली आक्रमण, कम्तीमा २५ जनाको मृत्यु

एजेन्सी । इजरायलले गाजा शहरमा गरेको हवाई आक्रमणमा बुधवार कम्तिमा २५ प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायली बम विष्फोटमा परेको गाजा शहरको दराज नजिकैको भग्नावशेषबाट २५ जनाको शव निकालिएको प्रतिवेदनले जनाएको छ ।

थप दर्जनौं घाइते भएका छन् । गाजास्थित स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा इजरायली फायरबाट गाजा पट्टीमा १६३ प्यालेस्टाइनीको मृत्यु भएको र ३५० जना घाइते भएको बताएको छ । यससँगै स्ट्रिपमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुने संख्या २४ हजार ४४८ र घाइतेहरूको संख्या ६१ हजार ५०४ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =