हंगेरीलाई सहयोग गर्ने स्लोभाकियाका प्रधानमन्त्रीको घोषणा

काठमाडौं । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोले हंगेरीलाई युरोपेली संघ (ईयु) मा रहेका विभिन्न क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले आफ्नो सार्वभौम सत्ताको लागि लड्ने देशलाई दण्ड दिन कहिल्यै सहमत नहुने बताए ।

हंगेरीको लागि फिकोको समर्थन ईयु भित्र अध्यागमन, शासन, रूस–युक्रेन द्वन्द्व र सदस्य राष्ट्रहरूको आन्तरिक मामिलामा ब्रसेल्सको भुमिकालाई लिएर बढ्दो तनावको बीचमा आएको हो ।

हंगेरी र स्लोभाक नेताहरूले आप्रवासन र युक्रेनमा इयुको रणनीतिहरूबारे आपत्ति व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 6 =