रिपोर्ट कार्डमाथि छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक आज दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न लागेको हो ।

बैठकमा समसामयिक विषय तथा संगठनको अद्यावधिक, आर्थिक विभागबाट सहकारी, लघुवित्त, बैंक, इन्सुरेन्स, रिइन्सुरेन्ससम्बन्धी भएको अध्ययन, विभागहरूको रिपोर्ट कार्डलगायतका बारेमा छलफल हुनेछ ।

यसका साथै, आर्थिक तथा प्रशासनिक नियमावली, विभागीय कार्य सञ्चालन नियमावली, केन्द्रीय अनुशासन आयोगले प्रस्ताव गरेको आचार संहिता, घरदैलो कार्यक्रमको रिपोर्ट, विभाग तथा केन्द्रीय सदस्यहरूलाई विभिन्न ऐनको संशोधन प्रस्ताव तयारी, अन्य काम तथा महाधिवेशनमा सहयोग गर्ने जिम्मेवारी दिइने बताइएको छ ।

पार्टी सचिवालयको बैठकको निर्णय पनि अनुमोदन गरिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =