ग्वाटेमालाको नयाँ राष्ट्रपति बर्नार्डो अरेभालोले लिए शपथ ग्रहण
२०८० माघ २ गते

एजेन्सी । बर्नार्डो अरेभालोले ग्वाटेमालाको नयाँ राष्ट्रपतिको रुपमा शपथ ग्रहण गरेका छन् ।
उनले २०२४ देखि २०२८ सम्मको कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका हुन् । शपथग्रहणपछि अब ग्वाटेमालाका जनताले आशाका रुपमा आफूलाई हेर्नसक्ने बताए ।
गत अगस्टमा ग्वाटेमालाको राष्ट्रपतीय निर्वाचनमा बर्नार्डो अरेभालो विजयी भएका थिए । ९५ प्रतिशत मतगणनामा आरेभालोले ५९ प्रतिशत मत प्राप्त गरेका थिए ।
उनका प्रतिद्वन्द्वी सान्ड्रा टोरेस ३६ प्रतिशत मत प्राप्त गरेका थिए ।
२०८० माघ २ गते
प्रतिक्रिया
सम्बन्धित








