स्तानबुलमा आगलागी हुँदा ३ जनाको मृत्यु

एजेन्सी । टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा रहेको एक कम्पनीमा आगलागी हुँदा तीन कामदारको मृत्यु भएको छ । साथै दुई जना घाइते भएका छन् ।

शहरको एशियाली छेउमा रहेको सुल्तानबेली जिल्लामा निजी कम्पनीका कामदारहरु बसेको कन्टेनरमा आगलागी भएको कार्यालयले जनाएको छ । घाइते कामदारहरुमा एकको अवस्था गम्भीर रहेको भन्दै अस्पताल लगिएको उल्लेख गरिएको छ ।

घटनाको कारणबारे अनुसन्धान शुरु गरिएको छ । कामदारहरूले कन्टेनरमा रहेको चुलो बाल्न खोज्दा आगलागी भएको र बिस्फोट भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 7 =