गाजा युद्धका १०० दिन : संयुक्त राष्ट्र प्रमुखद्वारा युद्धविराम गर्न पुनः आह्वान

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सोमवार गाजामा द्वन्द्व शुरु भएको सय दिन पुगेपछि तत्काल मानवीय युद्धविराम गर्न पुनः आह्वान गरेका छन् । गाजामा भएका अत्याचारहरू बाहेक, कब्जा गरिएको वेस्ट बैंकमा बढ्दो हिंसाले प्यालेस्टिनी प्राधिकरणको लागि पहिलेदेखि नै गम्भीर वित्तीय संकटलाई जटिल बनाउँदै उनले बताएका हुन् ।
उनले लाल सागर र त्यसभन्दा बाहिर पनि तनावहरू बढीरहेकोले भन्दै चाँडै युद्धबिराम गर्न आह्वान गरे । उनले दैनिक युद्धले जनजीवन प्रभावित बनेको बताए । उनले इजरायल र लेबनान बीचको सम्बन्धमा थप दरार आउन दिनु नहुने बताए । द्वन्द्व शुरु भएको एक सय दिन भइसकेको र गाजामा मानवीय अवस्था शब्दमा सिमित नरहेको उनको भनाई छ ।
गाजामा मानवीय सहायताको प्रवाह बढाउन केही कदमहरू भएपनि जीवन बचाउने राहत मानिसहरूलाई आवश्यक परेको मात्रामा उपलब्ध हुन नसकेको बताए । भोकमरीको लामो छायाँले गाजाका मानिसहरूलाई रोग, कुपोषण र अन्य स्वास्थ्य खतरामा परेको बताए । सहायता अभियानले गाजा भित्र वितरणमा पनि ठूलो बाधाहरू सामना गरिरहेको बताए । हमासले गरेको हिंसालाई कुनैपनि कुराले न्याय दिन नसक्ने उनको तर्क छ ।








