इमाडोलको इनारमा खसेकी न्युटनको उद्धार

काठमाडौं । ललितपुरको इमाडोलमा इनारमा खसेकी महिलाको उद्धार गरिएको छ ।

सोमबार बिहान इमाडोल कृष्णमन्दिर नजिकै एक घरको इनारमा २८ वर्षीया न्युटन प्रधानको उद्धार गरिएको प्रहरी वृत्त सातदोबाटोका डिएसपी उमेश जोशीले जानकारी दिए ।

उद्धार गरिएकी प्रधानलाई उपचारको लागि पाटन अस्पताल लगिएको छ ।

उनी दोलखा घर भई इमाडोलमा डेरा गरी बस्थिन् ।

उनको खुट्टामा चोट लागेको हुनसक्ने बताइएको छ ।

कपडा धोएर सुकाउन जाने क्रममा इनारको स्ल्याब भाँच्चिएपछि खस्न पुगेकी बताइएको छ ।

यो पनि पढ्नुहोस्–इमाडोलको इनारमा खसिन् २८ वर्षीया न्युटन

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − ten =