भालुवाङ दुर्घटनाका सबै मृतक र घाइतेहरूको परिचय खुल्यो

काठमाडाैं । शुक्रबार राति दाङको भालुवाङमा भएको बस दुर्घटनाका मृतक १२ जनाकै सनाखत भएको छ । नेपालगन्जबाट काठमाडौँका लागि छुटेको भे १ ख ३९१२ नम्बरको बस दुर्घटनामा ज्यान गुमाउने १ महिलासहित ११ पुरुषको सनाखत भएको हो ।

दुर्घटनामा ज्यान गुमाउनेमा बाँके नेपालगन्ज निवासी ६० वर्षीय कुसुम बस्नेत, मकवानपुर हेटौँडा निवासी ३९ वर्षीय सौरव विष्ट, काठमाडौँ चन्द्रागिरी नगरपालिका-१५ निवासी ६५ वर्षीय ताराकान्त पाण्डे, जुम्ला श्रीढुस्का-९ निवासी ४० वर्षीय मुनबहादुर बस्नेत, बाँके निवासी ३० वर्षीय रामबहादुर हरिजन, रुकुम गोतमकोट निवासी २५ वर्षीय दिपक कामी, भारत विहार निवासी ६७ वर्षीय योगेन्द्र राम, भारत उत्तर प्रदेश निवासी ३१ वर्षीय अतिकुल्ला खैरे, बाँके खजुरा-३ खजुरा निवासी २५ वर्षीय. सञ्जय केसी, चितवन भरतपुर महानगरपालिका-२५ निवासी ३५ वर्षीय अनिल खड्का, भारत निवासी ४५ वर्षीय चेतराम शिल्पकार र बाँके खजुरा गाउँपालिका-३ निवासी २८ वर्षीय अर्जुन थापा रहेका छन् ।

अहिले लमही अस्पतालमा शवको पोस्टमार्टम जारी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले जानकारी दिए । ५ जनाको पोस्टमार्टम भैसकेको उनले बताए । नमस्ते यातायात प्रालिको उक्त बसमा चालकसहित ३७ जना सवार थिए ।

हेर्नुहोस् घाइतेको सूची-

१. काठमाडौँ कालीमाटी बस्ने वर्ष ३८ की मञ्जु शर्मा आँखामा चोट, खुट्टा भाँचिएको (बुटवल रिफर)

२. बाँके बस्ने वर्ष २० निरन्जन कोरी, बाँया हात, खुट्टा र मुखमा चोट लागेको (प्रस्तावित अस्पताल भालुवाङ)

३. बाँके नेपालगन्ज बस्ने वर्ष २४ को आशुतोष गौतम, सकुशल गाडीबाट हाम फालेको (नेपालगन्ज) पठाइएको।

४. काठमाडौँ बस्ने सञ्जु वस्वान आँखा र टाउकोमा चोट (बुटवल रिफर)

५. बाँके बस्ने वर्ष २० का अरवाज नाउ, ढाडमा र हातमा चोट (प्रस्तावित अस्पताल भालुवाङ)

६. बाँके नेपालगन्ज बस्ने वर्ष २५ का मोहम्मद जावेद, टाउकोमा चोट (नेपालगन्ज रिफर)

७. कालिकोट बस्ने वर्ष ४५ का तिलकप्रसाद उपाध्याय, हात, खुट्टा र मुखमा चोत (बुटवल रिफर)

८. बाँके कोहलपुर बस्ने वर्ष २१ का धनबहादुर पुन मगर, कम्मर र खुट्टामा चोट (नेपालगन्ज रिफर)

९. भारत बस्ने वर्ष २० की छोटी सिलौरा, छातीमा चोट (नेपालगन्ज रिफर)

१०. बर्दिया बस्ने वर्ष २२ का राजीव थारु, छातीमा र मुखमा चोट (प्रस्तावित अस्पताल भालुवाङ)

११. जुम्ला बस्ने वर्ष १९ का विशाल बोहरा, मुखमा सामान्य चोट (प्रस्तावित अस्पताल भालुवाङ)

१२. बाँके बस्ने वर्ष १९ का नफिच खान, निधारमा चोट (प्रस्तावित अस्पताल भालुवाङ)

१३. बाँके बस्ने दशरथ विक, आँखामा चोट (प्रस्तावित अस्पताल भालुवाङ)

१४. डोल्पा बस्ने वर्ष ३५ की धनकली बुढा मगर, मुखमा चोट (नेपालगन्ज रिफर)

१५. काठमाडौँ बस्ने वर्ष ११ की आध्या पाण्डे, मुख, खुट्टा र हातमा चोट (बुटवल रिफर)

१६. बाँके राप्ती सोनारी गापा २ बस्ने वर्ष ३१ का कुलबहादुर गोसाईं, ढाडमा चोट (नेपालगन्ज रिफर) गाडीको
कन्डक्टर

१७. काठमाडौँ बस्ने वर्ष ४५ का सुभाष शाक्य, ढाडमा चोट (बुटवल रिफर)

१८. बाँके नेपालगन्ज बस्ने वर्ष ३५ की जिला वली, खुट्टामा चोट (नेपालगन्ज रिफर)

१९. बाँके बस्ने वर्ष २१ का शंकर थारु, हातमा चोट लागेको (नेपालगन्ज रिफर) सहचालक

२०. भारत बस्ने वर्ष २३ का राहुल कुमार अहिर, बायाँ हात भाँचिएको (नेपालगन्ज रिफर)

२१. रौतहट बस्ने वर्ष २६ का सञ्जय कार्की आँखामा चोट (बुटवल रिफर)

२२. काठमाडौँ बस्ने वर्ष ४५ की राधा पाण्डे, छाती र घाँटीमा चोट लागेको (बुटवल रिफर)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *