घर-घरमा भित्रिन तयार बन्दै टोखाको चाकु (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँको पुरानो नेवार बस्ती भएको सहरमध्ये एक हो टोखा बजार । जहाँ निकै व्यस्तता बढेको छ । अहिले मात्र होइन माघे सङ्क्रान्ति नजिकिँदै गर्दा हरेक वर्ष टोखाका व्यवसायीहरू यसरी नै व्यस्त हुने गर्छन् । अघिपछि फुर्सदिला हुने टोखाका चाकु व्यवसायीहरू माघे सङ्क्रान्ति नजिकिँदै गर्दा भने भ्याई नभ्याई हुन्छन् ।

माघे सङ्क्रान्तिमा नेपालीहरू सबैले चाकु खाने गर्दछन् । त्यसैले पनि टोखामा चाकुको माग बढेको हो । टोखामा एक सिजनमा मात्र करिब ५ लाख केजी चाकु उत्पादन हुन्छ । जुन माघे सङ्क्रान्तिमा नेपालभर माग हुने चाकुको ७० प्रतिशत भन्दा बढी हिस्सा हो ।

काठमाडौँ उपत्यकामा हरिसिद्धी , भक्तपुर, पाटन, कीर्तिपुर लगायतका विभिन्न क्षेत्रमा चाकु बनाइन्छ । तर उपत्यकाको ८० प्रतिशतभन्दा बढी चाकुको माग टोखाले पूर्ति गर्दछ । टोखामा हाल साना र ठुला गरेर ११ वटा परम्परागत चाकु बनाउने कारखाना रहेका छन् ।

जसमा बाजेकै पेसा अँगालेका नाति उद्यमीहरू बढी छन् । उनीहरूले अहिले पनि १०० वर्षअघिकै प्रविधि प्रयोग गर्दै उही स्वादमा चाकु उत्पादन गर्दै आइरहेका छन् ।

हेर्नुहोस् अन्य तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =