उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो (तस्बिरहरू)

काठमाडौँ । पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध आज विधिपूर्वक गरिँदैछ । दक्षिणायनको अन्तिम औँसीमा आज पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गरिँदैछ ।

पितृलाई कृष्णपक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औँसीमा श्राद्ध गर्ने हिन्दु धार्मिक परम्परा रहँदै आएको छ । वैदिक सनातन धर्मावलम्बीले सके प्रत्येक वर्षमा नसके जीवनकालमा कम्तीमा पनि एकपटक तीर्थमा गई श्राद्ध गर्ने गर्दछन् ।

सौरमासअनुसार माघे संक्रान्तिदेखि र चान्द्रमासअनुसार माघ कृष्ण प्रतिपदादेखि उत्तरायण शुरु हुन्छ । उत्तरायण शुरु हुनुअघिको औँसी अर्थात् पौष कृष्ण औँसीमा पितृलाई विधिपूर्वक आह्वान गरी श्राद्ध गर्ने परम्परा छ ।

आज काठमाडौँको गोकर्ण उत्तरगया, तनहुँको देवघाट, गुल्मीको रिडी, नुवाकोट र रसुवाको सङ्गमस्थित बेत्रावती लगायतका तीर्थस्थलमा विधिपूर्वक श्राद्ध गर्ने भक्तजनको भीड लाग्ने गर्दछ । भारतको गयालगायत तीर्थमा गरिने श्राद्ध भएकाले आज गरिने श्राद्धलाई गया श्राद्ध पनि भनिन्छ ।

  • तस्बिर गोकर्णेश्वर उत्तरगयामा लिइएको हुन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *