टर्कीमा ३८ जना संदिग्ध पक्राउ
२०८० पुस २६ गते

फाइल फोटो
एजेन्सी । टर्की प्रहरीले ३८ संदिग्धहरूलाई २०१६ मा कू को प्रयास गरेको आरोपमा पक्राउ गरेको आन्तरिक मन्त्री अली येर्लिकायाले बताउनुभएको छ ।
संदिग्धहरू गुलेन आन्दोलनसँग जोडिएका थिए । गुलेन आन्दोलन मुस्लिम धर्मगुरु फेथुल्लाह गुलेनको नेतृत्वमा र नामाकरण गरिएको हो । जसलाई उनका अनुयायीहरूले आध्यात्मिक नेताको रूपमा मान्दछन् ।
अंकाराले अमेरिकामा रहेका फेथुल्लाह गुलेनले कम्तीमा २५० जनाको ज्यान जाने गरी भएको ‘कु’ प्रयासको मुख्य योजनाकार रहेको आरोप लगाएको छ । टर्की सरकारले विद्रोहको प्रयासपछि सञ्जालसँग जोडिएका संदिग्धहरूमाथि कारवाही शुरु गरेको छ ।
२०८० पुस २६ गते
प्रतिक्रिया
सम्बन्धित








