दक्षिण कोरियाका विपक्षी नेता ली अस्पतालबाट डिस्चार्ज

एजेन्सी । दक्षिण कोरियाको प्रमुख विपक्षी डेमोक्र्याटिक पार्टीका नेता ली जे म्युङ अस्पतालबाट डिस्चार्ज भएका छन् । उनलाई गत हप्ता घाँटीमा छुरा प्रहार भएपछि अस्पताल भर्ना गरिएको थियो ।

लीले सियोलको अस्पताल अगाडि पत्रकार सम्मेलनमा विपक्षीलाई मार्ने र हटाउने युद्धजस्तो राजनीतिको अन्त्य हुनुपर्ने बताउँदै आफ्नो घटनाले घृणाको राजनीति अन्त्य गर्ने र राजनीतिको पुनस्र्थापना गर्ने अवसर बन्ने विश्वास व्यक्त गरे ।

लीलाई जनवरी २ मा दक्षिणपूर्वी बन्दरगाह शहर बुसानको भ्रमणका क्रममा ६० वर्षका एक व्यक्तिले उनको देब्रे घाँटीमा छुरा प्रहार गरेका थिए । बुसानमा आकस्मिक उपचारपछि उनलाई शल्यक्रियाका लागि हेलिकप्टरबाट सियोलको अस्पतालमा सारिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − one =